काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । बैठकमा मुख्यगरी पछिल्लो राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल भइरहेको बताइएको छ ।
सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि बसेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइछाड्ने बताए लगत्तै उपाध्यक्ष महरा पक्राउ परेका थिए ।


