काठमाडौं । आज मौसममा आंशिकरुपमा बदली हुने मौसम विभागले जानकारी दिएको छ । स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको छ भने तराईका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ ।


