काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा एमालेले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
एमालेले काठमाडौं नक्सालको नारायण चौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै एक भिडिओ सन्देशमार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले पनि सेल्फी खिचाएका छन् । नारायण चौरमा बुधवार बिहानैदेखि सेल्फी खिचाउने युवायुवतीको भिड थियो ।


