काठमाडौं । योगराज ढकाल विरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा पेसी तोकिएको छ ।
२०७२ साल असार २८ गते बाँकेको नेपालगन्जमा रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन को हत्या गरेको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ साल वैशाख ११ गते फैसला गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए ।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।
उक्त मुद्दामा यसअघि अन्तिम पटक गत असोज २५ गते सुनुवाइ भएको थियो ।
छन्।


