काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।
पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने तय भएको छ । चुनावपछिको पहिलो बैठक भएकाले चुनावको समीक्षा पनि हुने उनले बताए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेरनदिने लगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने तयारी छ ।
सरकारको न्युनतम साझा कार्यक्रम हेरेर सरकारलाई समर्थन गर्ने कि विपक्षमा बस्ने भन्ने निर्णय गर्ने लोसपाको तयारी छ।


