काठमाडौं । आज देशका पहाडी भू–भागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
मौसम विज्ञान विभागले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवा प्रभावित हुनसक्ने जल तथा जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्स र कुहिरो लागेको छ ।
काठमाडौंको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस रहेको छ ।


