काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त (सीके) राउत उम्मेदवार रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके उपेन्द्रभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।
हालसम्म गनिएको मतमा राउतले १०२० मत ल्याएका छन् भने यादवले ४५२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ३०८ मत ल्याएका छन् ।
सप्तरी–२ जनमत पार्टीका अध्यक्ष राउतको गृहनगरसमेत हो । यसअघि स्थानीय तह चुनावमा जनमत पार्टीले सप्तरीका २ वटा स्थानीय तहमा जित हात पारेको थियो।


