काठमाडौं । नेपाली कांग्रेसबाट सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका नेता जगदीश कुसियैतबीच सुनसरी–४ अत्यन्तै कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो परिणाम अनुसार कार्कीभन्दा जगदिशप्रसाद कुसियैत ८२ मतले अघि लागेका छन्।
पछिल्लो मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर ४ मा एमालेले २९ हजार ७९४ मत पाएको छ। काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन्। यहाँ पनि मतगणानको विषयमा पटक–पटक बिवाद भएको थियो ।


