काठमाडौं । आसन्न निर्वाचनको विषयमा निर्वाचन आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलसँग छलफल गर्न लागेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिताको परिवर्तनको तयारी गरिरहेको आयोगले १२ दललाई छलफलमा बोलाएको जानकारी दिए ।। उनका अनुसार बैठक विहान साढे ११ बजे सुरु हुने हुनेछ। आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ।
यस्तै आयोगले आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश गर्ने भएको छ। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागिसमेत अतिरिक्त निर्वाचन चिन्ह राखेर मतपत्र छपाइ गरिएको थियो। त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो ९भद्धा० भएको र बदरको संख्या पनि बढाएको थियो।
आयोगले आगामी निर्वाचनका लागि संघको १६५, प्रदेशतर्फ ३३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने जनाएको छ।


