काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्।
आज (बिहीबार) उनी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गरेका हुन्। बुधबार मात्रै खनालले ओलीलाई बालकोटमा भेटेका थिए। उनी ओली प्रधानमन्त्री हुँदा आइजीपी बनेका थिए।
एमाले प्रवेश गरेका खनाल मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्ने चर्चा पनि छ।


