काठमाडौं । आफूभन्दा जुनियरलाई आईजी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमा आर सुनुवाइ हुने भएको छ।
एआइजी पोखरेलले बढुवाका लागि आफू योग्य हुँदाहुँदै आफूभन्दा जुनियरलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको भन्दै रिट दायर गरेका थिए ।
गत सोमबार एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो।
आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ। आइतबार विश्वराज पोखरेलका कानुन व्यवसायीले धीरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी पेस गर्ने छन्।


