काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी प्रदेशमा सामान्य बदली रहने सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
विभागले आज राति कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताएको छ । कोसी प्रदेशको थोरै स्थान तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


