काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले संस्थालाई एकताबद्ध बनाउनका लागि पुनः निर्वाचन गर्नुको विकल्प नरहेको प्रष्ट पारेको छ ।
उक्त समूहले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै शर्माले यो लडाईं आफ्नो व्यक्तिगत नभई संस्थागत भएको बताए। आफूलाई झनै पेल्दै जान्छु भन्ने सोच्नु गलत भएको शर्माको कथन छ। पेल्दै गए अन्तिम घडीसम्म पनि न्यायको लागि लड्ने उनले चेतावनी दिए। उनले पुनः निर्वाचनको माग गरेका छन्।
‘


