काठमाडौं । जल तथा मौसम विभागले आज देशभैर वर्षाको सम्भावना रहेको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले देशभर बादल विकास भइरहेकाले आज दिउँसो देशैभर वर्षाको सम्भावना रहेको बताइन् ।
‘हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिएको छ’, मौसमविद् मानन्धरले भनिन्, ‘धेरैजसो ठाउँमा हल्का वर्षाकै सम्भावना देखिन्छ।’
उनका अनुसार खासगरी आज मधेश, लुम्बिनी र गण्डकी प्रदशेमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। आज दिउँसो काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्।


