काठमाडौं । शुक्रबार पहाडी भेगमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ।
महाशाखाको बुलेटिनअनुसार आज राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र देशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।


