काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ । आगामी निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको हो ।
सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम महामन्त्री शर्मालाई मनोनीत गरेका हुन् ।
यसअघि भएको स्थानीय तह निर्वाचनमा अर्का महामन्त्री गगन थापा संयोजकत्वको समितिले घोषणापत्र बनाएको थियो ।


