काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा आमसभा गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै राप्रपाले काठमाडौंमा आमसभा गर्न लागेको हो ।
प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागेको हो । उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
। राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावीसभा गरिसकेको छ। राप्रपाले आफूलाई ठूला भनाउँदा राजनीतिक दलहरुले देशलाई बन्दकजस्तो बनाएको भन्दै आफूलाई विजयी गराउन आग्रह गर्दै आएको छ ।


