काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ
उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो।
मंगलबार सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम राखेर निर्वाचन प्रक्रिया अगाडी बढाउन आयोगलाई आदेश दिएको हो।
डा. कार्की नेपाल मेडिकल काउन्सिलको सदस्यमा निर्वाचित भएर आर्थिक लाभको पदमा रहेको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। तर सर्वोच्चले उक्त पद नियमित पारिश्रमिक वा नियमित आर्थिक लाभ लिएको मान्न नमिल्ने देखिएको ठहर गरेको हो।


