काठमाडौं । विशेष अदालतले पशुपति विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकालसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले थुनछेक आदेश गर्दै ढकालसँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।
ढकाल धरौटी बुझाएर छुटेका छन् । यसअघि तत्कालिन कोषाध्यक्ष मिलन थापासँग पनि ३ लाख रुपैयाँ धरौटी मागिएको थियो । अदालतमा मुद्दा दायर हुँदा थापा पशुपती विकाश कोषका सदस्य सचिव थिए । अदालत हाजिर भएका ढकालसँग बयान लिएपछि इजलासले थुनछेक आदेश गरेको हो ।


