स्पेन । नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जनप्रगतिशील मञ्च , स्पेनको आयोजनामा यहि मिति १६ अप्रिल २०२३ आईतबारका दिन स्पेनको पर्यटकीय शहर बार्सिलोनाको सुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलिया अगाडि “नेपाल पर्यटन प्रवर्द्धन तथा नयाँ नेपाली बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम ” आयोजना गर्न लागिएको छ ।
कार्यक्रम बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभागसँगको सहकार्यमा गर्न लागिएको हो । उक्त कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम, नेपाली खानाको स्टल , नेपाल सम्बन्धि सामग्रीहरुको स्टल रहने आयोजकले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा सम्पूर्ण स्पेनवासी नेपाली आमा, बुवा, दाजु, भाई, तथा दिदी, बहिनीहरु, स्पेनस्थित नेपाली संघ संस्थाहरु, सामाजिक अभियन्ता, पत्रकार, व्यवसायी, कूटनीतिक निकाय लगायत सबैको गरिमामय उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा स्थानीय नेपाली कलाकारहरूको साथमा नेपाली कलासंस्कृति , जात जाति भेषभुषा झल्कने प्रस्तुतिहरू, नेपाल चिनाउने सामग्रीहरू सहित स्टल , नेपाली खानाको परिकारहरूको स्टल रहने नेपाली जनप्रगतिशील मंच स्पेनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अशोक किरण न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा नेपाली कला संस्कृति , विभिन्न जाति भेषभुसा झल्कने गुरूगं समुदाय,तामागं समुदाय,मगर समुदाय, नेवार समुदाय, शेर्पा समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदाय लगाएतका संस्थाहरूका कलाकारहरूवाट प्रस्तुतिहरू रहने छन। उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउनकालागि स्पेनबासी सम्पूर्ण नेपाली समुदाय तथा संघ संस्थाहरूलाई नेपाली जनप्रगतिशील मंच स्पेनका अध्यक्ष विशाल ढुंगानाले आह्वान गरेका छन् ।


