काठमाडौं । कांग्रेस संसदीय दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेसँगै केही नेताले त्यसमा आफ्नो लिखित असहमति नै दर्ज गराएका छन् ।
पार्टीको निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी र बलबहादुर केसीले भने लिखित असहमति राखेका हुन्।
पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्यसम्पादन समिति बैठक बोलाउन माग गरेका थिए। कार्यसम्पादन समितिले सभापति देउवाकै चाहनाअनुसार विश्वासको मत दिने निर्णय गरेपछि चार नेताले फरक मत राखेका हुन्।


