काठमाडौं । केही दिनदेखि बिरामी भएर उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी ललितपुरको सुमेरु अस्पतालमा एक हप्ताको बसाइपछि डिस्चार्ज भएका हुन्।
उनका निजी चिकित्सक डा. युवराज शर्माका अनुसार स्वास्थ्यमा केही सुधार आएसँगै आज डिस्चार्ज गरिएको हो। यद्यपि उनलाई चिकित्सककै निगरानी राखेर खानपिन लगायत सम्पूर्ण कुराको ख्याल गरिने उनले बताए।
वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।


