काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दलले नागरिकता विधेयकको विरोधमा गरेको नभइँ प्रक्रियाका बारेमा मात्रै विरोध रहेको बताएका छन् ।
उनले बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा वंशजको आधारमा नागरिकता पाउनु पर्दछ भन्ने कुरामा कुनै दुबिधा र फरक मत नभएपनि जन्मको आधारमा नागरिकता वितरण गर्दा त्यो सुविधा लिएर कुनै विदेशीले नागरिकता लिएको छ भने तिनीहरूलाई छानविन र कारबाही हुनुपर्छ भन्नेमा दृढ रहेको बताए ।
लिङ्देनले बजेट अनुदान र ऋणमा आधारित रहेको भन्दै जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने जिकिर गरे । उनले करको दायरा बढाउने क्रममा अन्धाधुन्ध निर्णय गरेको र यसले दुष्प्रभाव पर्न सक्ने बताए ।


