काठमाडौं । मेट्रोपोलिस निर्देशक समितिको बैठकमा सहभागी हुन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ब्राजिल प्रस्थान गरेका छन् ।
मेयर शाह आज बिहान सवा २ बजेको उडानबाट ब्राजिल गएका हुन् । उनको साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।
मेयर शाहलाई प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलमा बिदाई गरेका थिए । यही असार ५-६ मा ब्राजिलको साओ पाउलोमा बैठक हुँदैछ ।