काठमाडौं । उच्च अदालतको आदेशपछि सुरु भएको काठमाडौंको न्यूरोडस्थित फुटपाथ विस्तारको कामलाई स्थानीयबासीले अवरोध गरिदिएका छन् ।
महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेका बेला शुक्रबार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका हुन् ।
यसअघि पनि न्युरोडका फुटपाथ विस्तारलाई लिएर मेयर बालेन शाह र २२ नम्बरका वडाध्यक्षबीच बैठकमै विवाद भएको थियो ।
त्यसविरुद्ध महानगर उच्च अदालत पाटन पुगेको थियो । उच्चले फुटपाथ निर्माणको अधिकार महानगरकै भएको भन्दै सडक विभागको पत्र कार्यान्वयन नगर्न आदेश गरेसँगै सोमबारदेखि महानगरले पुनः फुटपाथ निर्माणको काम थालेको थियो ।


