तातोपानी । नेकपा (एमाले) भोटेकोशी गाउँपालिकाको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा सुन्तली थिङ श्रेष्ठ निर्वाचित भएकी छिन् भने उपाध्यक्षमा फुर्निमा शेर्पा चयन भएका छन् । यस्तै सचिव पदमा नोर्साङ शेर्पा, उपसचिवमा वीरबहादुर तामाङ, र ज्ञाननर्पू शेर्पा निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा बलबहादुर तामाङ, ठिमसाङ शेर्पा, रामचन्द्र घतानी, शाम्भा शेर्पा, नरबहादुर प्रधान, पासाङ तामाङ, सञ्जीव पौडेल, मिङमार शेर्पा, पेमदोर्जे शेर्पा, मङमार लामु शेर्पा, ढुकछिरिङ शेर्पा, रामकृष्ण विक, रमेश विक, शिवलाल विक चयन भएका छन् । यसैगरी फुर्बो शेर्पा, छिरिङ लामू शेर्पा, कर्साङ तामाङ, धन शेर्पा ज्याल्जेन लामाङ, अमुतमाया श्रेष्ठ श्याम श्रेष्ठ दिनेश कार्की, जगतबहादुर तामाङ, साङबो तामाङ, मानकुमारी नेवार, खडक बहादुर बुढाथोकी, टासी शेर्पा बुधबिर थापा दारेम्बा शेर्पा पनि पालिका कमिटी सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै महेश खड्का सबिता शेर्पा, लमू तामाङ, पार्वती घतानी, कमिन बहादुर रिजाल, कुङसाङ शेर्पा, निमारेन्जेन शेर्पा, शिव श्रेष्ठ, मिनबहादुर रिजाल र देवीकुमारी पौडेल चयन भएका छन् ।

यसअघि अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता शेरबहादर तामाङले सिन्धुपाल्चोकको राजनीतिमा ढाँट र भाँडले मात्रै फाइदा लिने गरेको टिप्पणी गरेका थिए । उनले विकास र समृद्धिको लागि स्थानीय तहमा आफ्नो पार्टीको सरकार बन्नुपर्नेमा जोड दिए । उनले यस पालिकामा प्राकृतिक सम्पदाको प्रचुर सम्भावना भए पनि त्यसको लाभ केही टाठाबाठाले मात्रै लिएको आरोप लगाए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य अरुण नेपालले आफूले गरेको कामको जस मात्रै लिनुपर्ने बताए । उनले आफू मन्त्रि भएका बेला बजेट हालेका योजनाहरुमा समेत विपक्षी दलका नेताले हल्लाबाजी गरेको बताए । उनले भोटेकोशीमा एमालेको संगठन थप सक्रिय बन्दै भएकोमा धेरै खुसी लागेको उल्लेख गरे । नेपालले आगामी निर्वाचनमा विजयी हुनेगरी तयारी गर्न आग्रह गरे । उनले विकासलाई अरु दलले भद्दा मजाक बनाएको भन्दै असन्तुष्टि ब्यक्त गरे । उनले दुई नम्बरका माननीयलाई आफ्नो राजनीतिक क्षेत्रमा जान सुझाव दिए ।

यसैगरी एमाले केन्द्रीय सदस्य एवं सिन्धपाल्चोक जिल्ला इन्चार्ज सरेश नेपालले स्थानीय तहमा आफ्नो पार्टीको नेतत्व नहुँदा सोचे अनुसारको काम गर्न नससेको बताए । नेपालले सीमा नाका, हाइडोपावर, भैरवकुण्ड र ऐतिहासिक स्थल दुगुनागढीबाट लाभ लिनु जरुरी रहेको बताए । स्थानीय जतलाले अहिलेसम्म खासै केही नपाएको बताए । उनले यस पालिकामा एमालेले बजेट विनियोजन गरेको दावी गरे । लिस्ति जाने बाटोमा बनेको मोटरेबल पुल आफ्नो पहलमा बनेको बताए । पछिल्लो समय विपक्षी दलले नकारात्मक हल्ला फिँजाएको आरोप लगाए । आफ्नो कुनै गुट उपगुट नरहेको प्रष्ट पारे ।
कार्यक्रममा एमाले वागमती प्रदेश सदस्य एवं भोटेकोशी इन्चार्ज आ ङछिरि शेर्पाले यस गाउँपालिका बहुआयामिक रहेको उल्लेख गर्दै त्यसबाट जनताले केही नपाएको बताए । उनले पार्टीको सिद्धान्त नीति र विचारमा प्रतिबद्ध भएकाहरुलाई पार्टीले चिन्नुपर्ने तर्क गरे । शेर्पाले पछिललो समय सांगठनिक रुपमा सक्षमलाईभन्दा पैसा हुनेले मात्रै नेता हुन लागेकोप्रति असन्तुष्टि ब्यक्त गरे । उनले भोटेकोशीमा भएका स्रोतबाट स्थानीयहरु बञ्चित रहेको बताए ।

स्थानीय सरकारको नेतृत्वमा रहेकाहरुले माबै हालीमुहाली गर्ने गरेको आरोप लगाए । कार्यक्रममा प्रदेश सदस्य निमफुञ्जो शेर्पा, पूर्व एमाले जिल्ला अध्यक्ष कमल नेपाल, जिल्ला उपसचिव एवं बाह्रबिसे नगरपालिकाकी निवर्तमान उपमेयर सुशीला पाख्रिन लगायतले मन्तब्य राखेका थिए । कार्यकममा जिल्ला नेता आङदोर्जे शेर्पा, एमाले बाह्रबिसे नगर अध्यक्ष ज्ञानेन्द्र राउतको पनि उपस्थिति थियो ।

कार्यक्रममा २०७२ सालको विनासकारी भूकम्पबाट भोटेकोशीको छगाम र बगाममा क्षति भएका १४ ओटा घर बनाएका बोद्ध धर्मगुरु पाल्देन दावा, भोटेकोशीका विभिन्न विद्यालयमा शिक्षाका लागि सहयोग गरेका रेम्बो भोलेन्टियर क्लबका अध्यक्ष मदन पौडेल, बौद्ध धर्म संस्कृतिको रक्षका लागि विभिन्न काम गरेका आचार्य पासाङ वाङदी शेर्पा र गायिका लमु शेर्पालाई सम्मान गरिएको थियो। कार्यक्रम भोटेकोशी गाउँपालिकाका अध्यक्ष अमृत खड्काको सभापतित्वमा भएको थियो ।


