काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबहाक सभापति डोलप्रसाद अर्यालले उच्चतहका नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
उनले आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताउँदै आएको भन्दै राज्यको उच्च निकायमा सबैको सम्पत्ति छानविनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन आग्रह गरे।
उनले वर्तमान प्रधानमन्त्रीले आफ्नो र सत्तारुढ दलका नेतामाथि लाग्दै आएको आरोपको छानविनका लागि मार्गप्रशस्त गर्ने हिम्मत देखाउन समेत सुझाव दिए।