काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत व्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले आज बिहान स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका पदाधिकारीहरुसँग भेटका क्रममा यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा त्रिदेशीय विद्युत व्यापारको सहमति गरेका थिए । ‘भारत र बंगलादेशसँग मैले धेरै नै मिहिनेत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो’ उनले भने, ‘हामीले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायत देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौं ।’