काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं प्रर्व प्रधानमन्त्री माधवकुमार नेपाल म्यानमार प्रस्थान गरेका छन् ।
उनी बुधबार म्यानमार न्यारेटिभ थिङ् ट्यांकको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड(२०२५ च्यालेन्ज एण्ड अपुर्चुनिटीज इन द मल्टिपोलर वल्र्ड’ कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
करिब एक साताको भ्रमण अवधिमा उहाँले त्यहाँका विभिन्न नेताहरूसँग भेटघाट साथै द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बिदाइ गर्न पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।