काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रवादीहरूले राम्रो काम गरेर देखाउन नसकेकै कारण प्रतिगामी तत्त्वहरू सल्बलाएको बताएका हुन् ।
उनले शुक्रबार समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा काठमाडौँ गरेको आमसभालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।
प्रचण्डले भने, ‘हामी गणतन्त्रवादीहरूले जनताका आशा अपेक्षानुसार काम गर्न नसक्दा इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्त्वले टाउको उठाउने दुस्साहस गर्न पाए। त्यसकारण म सम्पूर्ण जनसमुदायसँग गणतन्त्रवादी नेताको हैसियतले आत्मालोचना गर्न चाहन्छु, आत्मसमीक्षा गर्न चाहन्छु।’