काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् हुन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री रहेका पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।