काठमाडौं । आहिले देशका धेरै भूभागमा वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक(दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भूभागका एक(दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


