काठमाडौं । काठमाडौं उपत्यकाको वातावरण एकदमै अस्वस्थकर रहेको छ । विश्वका प्रमुख सहरहरूमध्ये काठमाडौँको वायु सबैभन्दा बढी प्रदूषित रहेको एअर क्वालिटी इन्डेक्स (एक्यूआई)ले गरेको मापनले देखाएको छ।
२ दिनदेखि काठमाडौँ उपत्यकाको वायु गुणस्तर विश्वका प्रदूषित सहरमध्ये पहिलो स्थानमा रहेको छ। काठमाडौँको एअर क्वालिटी इन्डेक्स चैत्र १८ गते २३९ पुगेको थियो। मंगलबार बढेर २५६ पुग्यो। एअर क्वालिटी इन्डेक्स अनुसार उपत्यकाको हावा अति अस्वस्थ छ। प्रदूषित सहरहरूमा दोस्रो स्थानमा भारतको दिल्ली, तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माइ र चौथोमा बङ्गलादेशको ढाका रहेको छ।
उपत्यकाका तीन जिल्लामध्ये भक्तपुर बढी प्रदूषित रहेको देखिन्छ।


