काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारी र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेको छ ।
उनीहरुबीच मंगलबार जेनजी प्रदर्शन र त्यसपछिको बदलिँदो राजनीतिक परिस्थितिमा आयोगले सक्रियताका साथ मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको सन्दर्भमा सेनापतिसँग भेट गरेको हो ।
भेटका क्रममा बदलिँदो परिस्थितिमा देशको शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाका सम्बन्धमा छलफल भएको आयोगका प्रवक्ता टीकाराम पोख्रेलले जानकारी दिए ।
छलफलका क्रममा आयोगले देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आङ्कलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न सेनालाई सुझाव दिएको उनले बताए ।


