कातिक १, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन् । छलफल जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था, चुनावको वातावरण लगायत विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।
छलफलमा अन्तरिम सरकारका प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबैमन्त्रीहरूका साथै प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरिक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो ।


