काठमाडौं । सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले सञ्चार माध्यमले निर्वाचनको माहोल बनाउन विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
उनले आज मन्त्रालयमा विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलमा क्रममा यस्तो आग्रह गरेका हुन् ।
‘निर्वाचन निर्धारित समयमै हुन्छ, त्यसको वातावरण बनाउन मिडियाकर्मीले भूमिका खेल्न आवश्यक छ’, उनले भने ‘मुलुकलाई अगाडि बढाउनका लागि निर्वाचनको अर्को विकल्प छैन । त्यसैले यसमा सबैको सहयोगका लागि मिडिया महत्त्वपूर्ण माध्यम हो ।’


