काठमाडौं । नेकपा एमाले मोरङमा महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर उत्पन्न विवाद बढेपछि शनिबार झडप भएको छ ।
मोरङ पार्टी कार्यालयमा भएको छलफलकै क्रममा कार्यकर्ता बीच भनाभन बढ्दै गएपछि हात हालाहाल भएको हो ।
घटनाका क्रममा नेताहरू बीच तीव्र वादविवाद चलेपछि केही आक्रोशित कार्यकर्ताले नेता पर्शुराम बस्नेतमाथि हातपात गरेका छन् । विवाद रोक्न पार्टीका अन्य नेता तथा कार्यकर्ताले मध्यस्थता गर्न खोजे पनि केहीबेर वातावरण तनावपूर्ण बनेको थियो ।
महाधिवेशन प्रतिनिधि चयनमा धेरै आकांक्षीको दाबी, मनोनयन प्रक्रिया तथा जिल्लास्तरीय सन्तुलनका विषयमा असन्तुष्टिबाट विवाद चर्किएको एक सहभागीले बताए ।


