काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालेनले देश बनाउने बताएका छन् ।
सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफ्नो आमाको फोटो हेरेर सोचविचार गर्दा आफूलाई बालेनले देश बनाउने विश्वास भएको सुनाए। ‘मैले आमाको फोटो हेरेर विचार गरे। मलाई लाग्यो बालेनले देश बनाउँछ,’ लामिछानेले थपे, ‘मैले भने, आमा बालेनले देश बनाउँछ।’
उनले बालेनसँग भएको भेटमा बालेनले आफ्नो सपनाको बारेमा सोधेको पनि बताए । साथै, सो भेटमा आफूहरू सँगै हिँड्न सकिने कुरा पनि ५ मिनेटको छलफलबाट नै थाहा भएको पनि उनले बताए ।


