काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । उनीहरू आज बिहान १० बजे सर्वोच्च गएर पेसीको माग गर्ने योजनामा थिए ।
विघटित प्रतिनिधि सभाको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले निर्वाचनको समयमा पुनःस्थापनाबारे ध्यानाकर्षण गराउँदा पार्टीको माहोल बिग्रने देखिएकोले सर्वोच्च जाने र पेसी माग गर्ने योजना रोकिएको बताए ।
कांग्रेसका ६५ जना पूर्व सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन्। तर हालसम्म ती रिटहरूमाथि सुनुवाइ सुरु भएको छैन।


