काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सोमबार (पुस २१) साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्फ्यु आदेश जारी गरेका हुन् ।
कर्फ्युको समयमा सर्वसाधारणलाई घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण रूपमा रोक लगाइएको छ । आदेशको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।


