काठमाडौं । निकै चर्चित रहेको झापा–५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हार पक्का जस्तै भएको छ । पछिल्लो मतगणनाअनुसार रास्वपाका बालेन्द्र शाहले ५२ हजार ९६ मत पाउँदा ओलीले १४ हजार ३१ मत मात्रै प्राप्त गरेका छन् ।
यस क्षेत्रमा कुल एक लाख ६ हजार ३५२ मत खसेको थियो । गन्न बाँकी मतले परिणममा फरक नपार्ने देखिएको छ ।
निर्वाचनमा झापा जिल्ला अन्तर्गत यस क्षेत्रमा कुल १ लाख ६ हजार ३ सय ५२ मत खसेको थियो।


