काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिएक छन् ।
उनले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै यस्तो कुरा ब्यक्त गरेका छन् ।
उनले भने, ‘निर्वाचनमा हारको पीडा नभए माथि उठ्न सकिँदैन । पार्टी कमिटी र जनसंगठनहरू सक्रिय भएर लाग्नुस् । हरेकले फेरि जित्छन्, त्यसका लागि सङ्कल्प आवश्यक छ।’


