काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्री घिसिङले सोमबार साँझ काठमाडौंको स्यूचाटारस्थित केन्द्रको अनुगमन गरी देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, निर्यात, बाढी पहिरोबाट क्षति भएका आयोजनाको असर लगायतका विषयमा जानकारी लिएका हुन्।
देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गरेको गुनासो आइरहेका बेला मन्त्री घिसिङ सोमबार साँझ काठमाडौंको स्यूचाटारस्थित भारप्रेषण केन्द्रको अनुगमनमा पुगेका थिए ।


