काठमाडौं । एक जमानाका चर्चित नेता तथा नेकपा एकता अभियान संचालन गरिरहेका नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले पार्टी दर्ता गर्ने भएका छन् ।
गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार निर्वाचन आयोगमा उनले नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) नामको दल दर्ता गर्न लागेका हुन् ।
गौतमले नेकपा विभाजनपछि चलाएको यो अभियान एमाले ब्युँतिएपछि पनि कायम राखेका थिए । उनले निर्वाचनलाई लक्षित गरेर दल दर्ता गर्न लागेका हुन् । उनको दलमा को को रहने भन्ने खुलेको छैन ।
पछिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा गीत लेखेर खुलेका गौतमले हालै राष्ट्रिय भेला आयोजना गरेका थिए ।


