काठमाडौं । पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको अविरल वर्षाले तानसेन–तम्घास सडकखण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जसले गर्दा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ । देशभर अबिरल वर्षाका कारण तराईका धेरै भूभागमा डुबानमा परेका छन् भने पहिरोका कारण अन्य सडकमार्गसमेत अवरुद्ध भएको छ ।


