काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आज दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली भ्रमणमा जाँदैछन् ।
अध्यक्ष दाहाल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् । प्रचण्ड
दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। माओवादी नेता देव गुरुङका अनुसार भाजपा नेतृत्वसँग सद्भावना आदान–प्रदानका सन्दर्भमा प्रचण्ड भारत जान लागेका हुन् ।


