काठमाडौं । आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ ।
केही दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरेपछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो । बैठकमा वर्तमान सत्ता गठबन्धन, सरकारको कामकारबाहीबारे निकै चर्काचर्की नै परेको थियो । संस्थापन पक्ष र र्काइराला पक्षका नेताहरुले एक अर्कालाई दोषारोपण गरेका थिए । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले प्रधमनमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए ।


