काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनबीचमा सिट बाँडफाँट हुँदा आफ्नो दललाई कम्तिमा पनि ६० सिट चाहिने दावी गरेका छन् ।
अध्यक्ष प्रचण्डले सोमबार पार्टीको उपत्यका विशेष कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये आफूहरुले ६० सिटमा दाबी गरिरहेको बताएका हुन्।
उनले अहिले सत्ता गठबन्धन कुनै हालतमा नभत्किने भन्दै कन्फ्युज नहुन नेता कार्यकर्तालाई आग्रह दिए। उनले गठबन्धनभित्र पहिलो चरणमा दलहरुले पाउने सिट संख्या टुंग्याउने र त्यसपछि कुन ठाउँमा कुन सिट कसले पाउने भन्ने निर्धारण गरिने बताए


