काठमाडौं । सिट बाँडफाँटमा सहमति हुन नसकेपछि सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकमा सिट बाँडफाँट कार्यदलमा रहेकाहरुको समेत उपस्थिति रहेको बुझिएको छ ।
विगत केही दिनदेखि निरन्तर बस्दै आएको बैठकले आसन्न संसदीय निर्वाचनका लागि सिट बाँडफाँडमा कुरा मिलाउन नसक्दा बैठक लम्बिँदै गएको हो । यसअघि सोमवार पनि कार्यदलसहित शीर्ष नेताहरुको बैठक बसेको थियो ।


