काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले ‘राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’को कुरा समेटेर प्रतिवद्धतापत्र ल्याउँदैछ।
माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सोमबार दिउँसो ३ बजे चुनावी ुप्रतिवद्धतापत्र’ सार्वजनिक गर्न लागेको हो।
सत्तारुढ अर्को घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन्।


